मलेसियाले जनवरी २८ देखि विदेशी श्रमिकका लागि आवेदन लिने

मलेसियाले प्लान्टेशन क्षेत्रका लागि आगामी जनवरी २८ तारिख देखि श्रमिक लिन अनलाइन आवेदन सुरु गर्ने भएको छ । मलेसियामा मानव संशाधन मन्त्री एम शरभनानलाई उधृत गर्दै मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले वेभसाइट मार्फत श्रमिकको आवेदन लिन थालिने बताएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

मलेसियाको अनलाइन मलेमेलका अनुसार प्लान्टेशन बाहेक अन्य क्षेत्रका लागि श्रमिक लिन फेब्रुअरी १५ देखि आवेदन खुल्नेछ । मलेसिया सरकारले श्रमिकको अभावका कारण गत सेप्टेम्वरमा ३२ हजार विदेशी श्रमिक ल्याउन पाउने गरी निर्णय गरेको थियो । पछिल्लो समयमा मलेसियाले विदेशी श्रमिक लिने नितिमा केहि कडाई गर्दै आएको छ । स्वदेशी नागरिकलाई नै रोजगारीमा आकर्षित गर्ने प्रयास गरिरहेको मलेसियामा कोभिड-१९ को समस्या सुरु भएपछि विदेशी श्रमिक ल्याउन अझ कडाई गरिएको छ ।

मलेसियाको मन्त्रीपरीषदले गत डिसेम्वर १० मा कृषि, उद्योग, सेवा, खानी, निर्माण तथा घरेलु क्षेत्रको काममा विदेशी श्रमिक लिने निति लिएको थियो ।

मानव संशाधन मन्त्री शरभनानका अनुसार मलेसिया आउने विदेशी श्रमिकले ७ दिन क्वारेण्टीन बस्नु पर्नेछ । सो समयमा त्यसरी आउने श्रमिकको दुईपटक कोभिड परीक्षण हुनेछ जसको खर्च रोजगारदाताले व्यहोर्नु पर्नेछ । मलेसियाले क्लाङमा रहेका होटल तथा क्वारेण्टीन केन्द्रहरुलाई यसका लागि उपयोग गरिने र त्यहाँ एकपटकका १० हजार व्यक्तिलाई राख्न सकिने समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय