‘समाजसेवी’का नाममा ठगि गर्नेहरुबाट बच्न दूतावासको अनुरोध

साउदी अरव स्थित नेपाली दूतावासले ट्राभल डकुमेण्ट, फोटोकपि खर्च, सिसिएमसी फारम भरेको खर्च जस्ता विभिन्न वहानामा नेपाल फर्किन लागेकाहरुलाई कतिपय एजेण्टहरुले ठगि गर्ने गरेको भन्दै त्यसमा सचेत रहन आव्हान गरेको छ । दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै दूतावासको सहयोग र समन्वयमा साउदी बहिर्गमन भिसा (फाइनल एक्जिट) प्राप्त गरेका तथा विदामा स्वदेश जान लागेका केहि सिधासादा नेपाली श्रमिकलाई ठगिएको जानकारी प्राप्त भएको भन्दै त्यसमा सजग रहन आग्रह गरेको हो ।

केहि तथाकथित समाजसेवीहरुबाट नै यस्तो ठगि भइरहेको भन्दै यस्तो गलत काममा संलग्न हुने त्यस्ता व्यक्तिहरुलाई पनि दूतावासले सजग गराएको छ । कसैले आफू ठगिएको महसुस भएमा दूतावासमा वा नजिकैको प्रहरीमा उजुरी दिन आग्रह गर्दै कसैले ठगेको लिखित उजुरी परेर आवश्यक छानविन गर्दा ठगि गरेको पाइएमा त्यस्ता ठगलाई आवश्यक कारवाहीका लागि सम्वन्धित साउदी नेकायमा समेत पत्राचार गरिने दूतावासले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय