खोपको पूर्ण मात्रा लगाएका र हालसालै कोभिड भएर संक्रमणमुक्त भएकाहरुलाई मलेसिया प्रवेशमा सहज

मलेसियाले खोपको पूर्ण मात्रा लगाएका र हालै कोभिड १९ संक्रमण भएर संक्रमण मुक्त भएकाहरुलाई सहजै मलेसिया प्रवेश गर्न दिने निर्णय गरेको छ । त्यस्ता व्यक्तिहरुले अनिवार्य रुपमा क्वारेण्टीन बस्नु पर्ने छैन । मलेसियाले यो व्यवस्था जनवरी १३ विहिवार देखि लागु गर्ने जनाएको छ ।

मलेसियाका स्वास्थ्य मन्त्री खाइरी जमालुद्दिनले एक विज्ञप्ती जारी गर्दै मलेसिया प्रवेश गर्न चाहनेहरुले आफू आएको मुलुकबाट कोभिडको संक्रमण मुक्त भएको वा खोपको पूर्ण मात्रा लगाएको कागजात साथमा लिएर जानु पर्ने जनाएका छन् । खोपको पूर्ण मात्रा लगाएका बाहेक पछिल्लो ११ देखि ६० दिन भित्र कोभिड १९ को संक्रमण मुक्त भएको प्रमाण पेश गरेमा पनि क्वारेण्टीन बस्नु पर्ने छैन ।

स्वास्थ्य मन्त्रालयले कोभिड भएर अस्पताल भर्ना भएकाहरुले यात्राका लागि सक्षम भन्ने जनाउने कागजात पेश गर्नुपर्ने जनाएको छ । कोभिड भएर घरैमा बसेर संक्रमणमुक्त भएका वा आइसोलेसनमा बसेकाहरुले भनें मलेसियाको उडान हुनु दुई दिन अगाडी एण्टिजेन टेष्ट गरेको र रिपोर्ट नेगेटीभ हुनु पर्नेछ ।

खोपको पूर्ण मात्रा नलगाई मलेसिया प्रवेश गर्नेहरुले भनें तोकिएको क्वारेण्टीनमा एकसाता अनिवार्य रुपमा बस्नुपर्ने स्वास्थ्य मन्त्री खाईरीले जनाएका छन् । यसैगरी मलेसियाको यात्रा गर्नेहरुले अनिवार्य रुपमा MySejahtera एप मोवाइलमा डाउनलाृड गर्नुपर्नेछ । यसैगरी स्वास्थ्य सम्वन्धि फर्म भनें, मलेसियामा उत्रिएपछि एण्टीजेन टेष्ट गर्नुपर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय