विदेशबाट आउनेलाई कडाई, गृहद्दारा परिपत्र

कोभिड १९ को नयाँ भेरिएण्टका संक्रमितको संख्या वृद्दि भएसँगै सरकारले विदेशबाट नेपाल आउनेहरुलाई थप कडाई गर्न सुरु गरेको छ । अव देखि नेपाल आउनेहरुले खोपको पूर्ण मात्रा लगाएको हुनु पर्नेछ भनें बोर्डिङ्ग पास जारी हुनु अगाडी ७२ घण्टा भित्रको पिसिआर परीक्षण गरी नेगेटीभ रिपोर्ट प्राप्त भएको प्रमाण हुनु पर्ने व्यवस्था सरकारले गरेको छ । त्यस्ता यात्रुलाई मात्र नेपाल प्रवेशको लागि सम्वन्धित वायुसेवाले बोर्डिङ्ग पास जारी गर्न गृह मन्त्रालयले सुचित गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको परिपत्र अनुसार नेपाल प्रवेश गर्ने विन्दुमा एन्टिजेन परिक्षा हुनेछ । त्यसलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणमा संक्रमण देखिएकाहरुलाई तत्काल संस्थागत आईसोलेसन (होल्डिंग सेण्टर, होटल) मा राख्न जिल्ला स्थित कोभिड यवस्थापन समितिसँग आवश्यक समन्वय गरिने जनाइएको छ ।

आइतवार मात्र कोभिड संंकट व्यवस्थापन केन्द्रले सोही अनुरुपको सुझाव सरकारलाई दिएको थियो । त्यसका आधारमा नै गृह मन्त्रालयले आफू मातहतका निकायहरुलाई यस्तो आदेश जारी गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय