कोरोना फैलिन नदिन सरकारको शतर्कता, नेपाल प्रवेश गर्नेको एण्टिजेन परीक्षण गरिने

कोभिड १९ को ओमिक्रोन भेरिएण्टका संक्रमित बढेसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले नाकाबाट नेपाल प्रवेश गर्नेहरुको एण्टिजेन परीक्षणलाई प्रभावकारी बनाउने, परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएकाहरुलाई तत्काल संस्थागत आइसोलेशनमा पठाउने निर्णय गरेको छ । यसैगरी विमान मार्फत विदेशबाट आउनेहरुले खोपको पूर्ण मात्रा लगाएको हुनु पर्नेछ भनें पछिल्लो ७२ घण्टाभित्र गरिएको कोरोना परीक्षणको नेगेटीभ रिपोर्ट साथमा हुनुपर्नेछ ।

यसैगरी सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन तथा विद्यालयहरु माघ १५ सम्म बन्द गर्न पनि सिसिएमसीले सिफारिस गरेको छ । सीसीएमसीले यस बारेमा आइतबार विज्ञप्ति जारी गर्दै कोभिड १९ को संक्रमण तीव्र रूपमा फैलिरहेका कारण सो को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन विभिन्न निकायलाई सिफारिस गरेको जनाएको छ । यसैगरी सिसिएमसीले सार्वजनिक स्थलमा कुनै पनि प्रकारका भेला नगर्न पनि आह्वान गरेको छ ।

यसैगरी सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रदेश गर्दा अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटो साथमा राख्न पनि आह्वान गरिएको छ । सो कागजात हेरेर मात्र सार्वजनिक स्थलहरूमा प्रवेशको व्यवस्था गर्न सम्बन्धित निकायलाई सिसिएमसीले सिफारिस गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय