नयाँ श्रम कानुन अनुसार गर्न पाइने अतिरिक्त आँशिक समयको काम: कसले कति गर्न पाउँछन् ?

संयुक्त अरव ईमिरेट्स (यूएई) ले आगामी फेब्रुअरी २ देखि लागु हुनेगरी जारी गरेको नयाँ श्रम कानुन अनुसार श्रमिकले आँशिक समय काम गर्न पाउने छन् । यूएईको मानव संशाधन मन्त्रालयका अनुसार श्रमिकले आफ्नो रोजगारदातासँग अनुमति नलिई पनि अर्को रोजगारदातासँग आँशिक समय काम गर्न पाउने छन् । तर त्यसका लागि मानव संशाधन मन्त्रालयको अनुमति भनें लिइएको हुनु पर्नेछ ।

खलिज टाईम्सका अनुसार मानव संशाधन मन्त्रालयले बुधवार ट्वीटर मार्फत जानकारी सम्प्रेषण गर्दै निजि क्षेत्रमा काम गर्ने श्रमिकले आँशिक समय, अल्पकालिन तथा फ्लेक्जीवल काम गर्न पाउने छन् ।

अतिरिक्त आँशिक काम गर्ने व्यक्तिले निश्चित तोकिएको समय मात्र काम गर्न पाउने छन् । मन्त्रालयका अनुसार अतिरिक्त आँशिक काम गर्नेहरुले तीन सातामा १ सय ४४ घण्टासम्म काम गर्न पाउने छन् । मानव संशाधन मन्त्री डा. अव्दुल्लाह अल अवरले यसले दक्षता भएका श्रमिकलाई आफ्नो सीपदक्षताको सदुपयोग गर्ने अवशर प्रदान गर्ने बताएका छन् ।

यूएईले आगामी फेब्रुअरी २ देखि लागु हुनेगरी श्रम क्षेत्रमा महत्वपूर्ण सुधार सहितको श्रम ऐनको घोषणा गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय