कतारमा कोभिड-१९ को तेश्रो लहर सुरु भएको स्वास्थ्य मन्त्रालयको भनाई

कतारमा कोरोना भाइरस (कोभिड-१९) को तेश्रो लहर सुरु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय, कतारको खोप प्रमुख डा. सोहा अल वयातले कतारमा कोरोना भाइरसको तेश्रो लहर सुरु भएको जनाएकी हुन् ।

हाल कोरोनाका कारण अस्पताल भर्ना भएका मध्ये अधिकाँश खोप नलगाएकाहरु रहेको भन्दै स्वास्थ्य मन्त्रालयले अविलम्व खोप लगाउन पनि आग्रह गरेको छ । यसैगरी कोभिड विरुद्दको खोप लगाएको ६ महिना वितिसकेकाहरुमा पनि संक्रमण बढी देखिएको जनाइएको छ ।
कतारमा कोरोना विरुद्दको खोप तथा अतिरिक्त मात्रा नलगाउनेहरुको संख्या अझै पनि ठूलो रहेका कारण खोप लगाउन त्यहाँको सरकारले प्रोत्साहन गर्दै आएको छ । कतार टीभीमा बोल्दै खोप प्रमुख बयातले अस्पतालका सघन कक्ष (आइसीयू) मा भर्ना भएकाहरु र मृत्यु भएकाहरुले खोप नलगाएको जानकारी दिइन् ।

कसैलाई कोभिड संक्रमण भएमा ५ दिनसम्म एकान्तवासमा बस्नु पर्ने र थप ५ दिन मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर कोठा बाहिर निस्कन मिल्ने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । अघिल्लो महिनासम्म हरेक दिन थपिने कोभिड संक्रमितको संख्या एकसयको हाराहारीमा रहेकोमा जनवरी ४ मा त्यो संख्या बढेर दैनिक १६ सय पुगेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय