कतारमा २ हजार भन्दा बढी श्रमिकद्दारा उजुरी

कतारमा सन् २०२१ मा २ हजार १ सय ७३ श्रमिकले विभिन्न विषयमा उजुरी हालेको त्यहाँको सरकारी निकायले जनाएको छ । कतारको श्रम मन्त्रालयका अनुसार गएको एक बर्ष भित्रमा ति श्रमिकले विभिन्न विषयमा उजुरी हालेका हुन् ।

द पेनन्सुला कतारका अनुसार यसरी परेका उजुरी मध्ये ६९ वटाको अन्तिम किनारा लागेको, १ हजार ८ सय ५५ वटा अनुसन्धानकै क्रममा रहेको र २ सय ४९ वटा समस्या समाधानका लागि गुनासो सुनुवाई कमिटीमा पठाइएको छ ।

यसैगरी १ सय ४ जना घरेलु श्रमिकले आफ्ना रोजगारदाता विरुद्द उजुरी गरेका छन् । त्यसमध्ये २६ वटा समाधान भएको, ६२ वटा प्रकृयामा नै रहेको र १६ वटा गुनासो सुनुवाई कमिटीमा पठाइएका छन् ।

सन् २०२१ म २ हजार ९ सय ९ पटक सरकारी निकायबाट अनुगमन गरिएको र सो क्रममा ५ सय ५८ पटक विभिन्न कम्पनी तथा सम्वन्धित व्यक्तिलाई चेतावनी दिइएको समाचारमा जनाइएको छ । सो क्रममा ४ सय ४६ वटा कम्पनीले श्रम कानुन उल्लंघन गरेको पाइएको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय