कोभिडका संक्रमितको संख्या ह्वात्तै बढेपछि खाडी मुलुकमा कडाई, नियम पालना नगर्नेहरु पक्राउ पर्न थाले

खाडी मुलुकमा पछिल्ला केहि दिनयता कोभिड-१९ का संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोभिडका संक्रमित बढेसँगै ति मुलुकहरुले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने व्यवस्थालाई कडाई पूर्वक लागु गरेका छन् ।

शुक्रवार कतारमा नियम पालना नगर्ने २ सय ३६ जना पक्राउ परेका छन् । त्यसमध्ये २ सय ३२ जना मास्क नलगाएको तथा चारजना एथराज एप मोवाइलमा डाउनलोड नगरेको अभियोगमा पक्राउ परेको द पेनन्सुला कतारले जनाएको छ । कतारले सार्वजनिक स्थलमा रहँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम बनाएको छ । मन्त्रीपरिषदले नै यस सम्वन्धी निर्णय गरेको जनाइएको छ ।

यसैगरी साउदी अरवले पनि कडाई गरेको छ । ओमिक्रोन भेरिएण्टका संक्रमितहरु देखिएसँगै तथा कोभिड संक्रमितको संख्या बढेसँगै साउदी अरवले पनि मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतमा निक्कै कडाई गरेको हो । केहि दिन अगाडीसम्म दैनिक १ सय भन्दा कम कोभिड संक्रमितको संख्या देखिएको साउदी अरवमा शुक्रवार ८ सय संक्रमित भेटिएका छन् ।

साउदी गजेटका अनुसार गत बुधवार साउदी अरवको सरकारले एक सुचना जारी गर्दै सार्वजनिक स्थान तथा कोठा भित्र पनि मास्क लगाउनु अनिवार्य बनाएको छ । यसैगरी सामाजिक दुरी कायम गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । साउदी अरवले गत अक्टोवर देखि त्यस्तो व्यवस्था हटाएको थियो ।

यसैगरी संयुक्त अरव ईमिरेट्स (युएई) ले पनि मास्क लगाउनु अनिवार्य बनाएको छ । युएईमा पनि पछिल्ला केहिदिन यता कोभिड १९ का संक्रमितको संख्यामा ठूलो बृद्दि भएको छ । शुक्रवार २ हजार ४ सय भन्दा धेरै संक्रमित देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको द नेशनलले लेखेको छ । युएईको दुवईले सार्वजनिक स्थानमा मास्क नलगाएको पाइएमा ३ हजार दिराम (झण्डै १ लाख रुपैंयाँ) जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: