कृषि प्रविधि सिकाउन दक्षिण कोरिया पठाईंदै, तलव १ लाख ८० हजार

कञ्चनपुरको जेठो भीदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानिक प्रविधि भित्र्याउन स्थानीय युवालाई दक्षिण कोरिया पठाउने भएको छ । नगर कार्यपालिकाबाट अनुमोदन गरी सम्झौतापत्र इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशलाई पठाएइको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । नगरपालिकाले मौसमी कृषि श्रमिकलाई ग्याङ्गवन प्रदेश, दक्षिण कोरिया पठाउन त्यहाँको इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशसँग सम्झौता गरेको गरेको हो ।

कृषि प्रणाली विकासमा टेवा पुगोस् भनेर दक्षिण कोरियाको सीप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय युवालाई त्यहाँ पठाइने नगरप्रमुख विष्टको भनाइ छ । “कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिन्छ”, विष्टले भने, “त्यसका लागि भीमदत्त नगरपालिका कृषिमा वैज्ञानिक र आधुनिक प्रणाली भित्र्याउन अग्रसर छ ।” उनले केही समयका लागि युवा विदेश गएर त्यहाँको सीप र प्रविधिसित जानकार भएर आउने बताए ।

कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै दिगो आर्थिक विकास गर्नुका साथै शिक्षित बेरोजगारी हटाउने उद्देश्यले नगरपालिकाले कोरिया सरकारसँग यो सम्झौताका लागि अग्रसरता देखाएको विष्टले बताए । भीमदत्त नगरपालिकामा कम्तीमा तीन वर्षभन्दा बढी स्थायी बसोबास गरेका ३० देखि ४५ वर्ष उमेर समूहका, अङ्ग्रेजी वा कोरियन भाषाको ज्ञान भएका युवालाई भीमदत्त नगरपालिकाले छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ योजना रहेको छ ।

उक्त सम्झौताअनुसार करार अवधि तीनदेखि पाँच महिना हुने (रोजगारदाताको इच्छाअनुसार बढी पनि हुनसक्ने) र न्यूनतम् मासिक तलव एक लाख ८० हजार रहेको बताइएको छ । मौसमी कामदार कार्यक्रम इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशको अन्तिम पत्र आएपछि सुरु हुने नगरपालिकाले जनाएको छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: