विदेश जानेहरुलाई जोन्सनको खोप

विदेश जानेहरुलाई सरकारले जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरेको छ । रोजगारीका लागि तथा अन्य प्रयोजनमा विदेश जानेहरुले सो खोप लगाउन सक्नेछन् । जोन्सन एण्ड जोन्सनको खोप एक मात्रा लगाए पुग्छ ।

सो खोप काठमाडौंका चारवटा अस्पतालहरुमा दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले जनाएको छ । सो खोप वीरेन्द्र सैनिक अस्पताल, छाउनी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल, बलम्बू तथा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा दिइएको छ ।

खोप लगाउन जाँदा आफ्नो राहदानी (पासपोर्ट) तथा भिसा लिएर जान स्वास्थ्य मन्त्रालयले सुचित गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: