अवैधानिक रुपमा बस्दै आएकाहरुलाई स्वदेश फर्किन दिइएको समय थपियो

मलेसियाले अवैधानिक हैसियतमा बस्दै आएका विदेशीलाई आफ्नो बसाईलाई वैधानिक बनाउने अवशरका रुपमा अगाडी सारेको रिक्यालिब्रेसन कार्यक्रमको समय थपेको छ । मलेसियाको अध्यागमन विभागका महानिर्देशकलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले सो कार्यक्रमको म्याद आगामी जुन ३० तारिखसम्म थपिएको बताएका छन् ।

सन् २०२२ को जुनसम्म म्याद बढाउने प्रस्तावलाई मलेसियाको मनत्री परीषदले पनि स्वीकृति गरिसकेको सरकारी सञ्चार माध्यम बनर्माद्दारा प्रेषित समाचारमा जनाइएको छ । हालसम्म सो कार्यक्रममा सहभागि भएर १ लाख ९२ हजार २ सय ८१ विदेशी श्रमिक स्वदेश फर्किएक छन् । यो कार्यक्रम सन् २०२० को डिसेम्वर देखि सञ्चालनमा छ । स्वदेश फर्किनेहरुमा सवैभन्दा धेरै ईण्डोनेशिया, बंगलादेश र भारतका नागरिक रहेका छन् ।

रिक्यालिव्रेसन कार्यक्रम अन्तर्गत अवैधानिक रुपमा मलेसियामा बस्दै आएका विदेशी नागरिकहरु स्वेच्छाले स्वदेश फर्किन पाउने अवशर दिइएको छ । यसका लागि केहि शर्तहरु भनें राखिएको समाचारमा जनाइएको छ । यो कार्यक्रममा स्वदेश फर्किन चाहनेहरुले मलेसियामा रहेको आफ्नो मुलुकको दूतावासले जारी गरेको यात्रा अनुमति पत्र (ट्राभल डकुमेण्ट) र स्वदेश फर्किने जहाजको टिकटसहित तोकिएको कार्यालयमा सम्पर्क गर्नु पर्दछ । यसैगरी स्वदेश फर्किन चाहनेले ५ सय रिंगिट शुल्क तिर्नु पर्ने जनाइएको छ । सो शुल्क विद्युतिय माध्यमबाट तिरिएको हुनु पर्दछ । यसैगरी पछिल्लो ७२ घण्टा भित्र गरिएको कोभिड १९ को पिसीआर टेष्टको प्रमाणपत्र पनि आवश्यक पर्दछ ।

सो कार्यक्रम र यसबाट लिन सकिने सेवाका बारेमा मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावासबाट थप जानकारी लिन सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: