अवैधानिक रुपमा बस्दै आएकाहरु पक्राउ तिव्र, एक सातामै १५ हजार बढी पक्राउ

 

अवैधानिक रुपमा बस्दै आएकाहरुलाई पक्राउ गरी स्वदेश फर्काउन साउदी अरव सरकार निक्कै आक्रामक रुपमा अगाडी बढेको छ । साउदी अरवका विभिन्न क्षेत्रमा गरी गत एक साता भित्रै १५ हजार भन्दा बढी व्यक्ति पक्राउ परेको त्यहाँको सरकारी निकायले जनाएको छ ।

साउदी गजेटका अनुसार जवाजतको नेतृत्वमा विभिन्न सुरक्षा निकायको संयुक्त अभियानका क्रममा ति व्यक्ति पक्राउ परेका हुन् । उनीहरु गत डिसेम्वर १६ देखि २२ को वीचमा पक्राउ परेको जनाइएको छ ।
प्क्राउ परेका मध्ये ७ हजार ७ सय भन्दा बढी भिसाको म्याद सकिएर पनि लुकिछिपि बसेकाहरु तथा झण्डै दुई हजार व्यक्ति श्रमसँग सम्वन्धि कानुन उल्लंघनको अभियोगमा पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये २७ जना त्यसरी अवैधानिक रुपमा बस्दै आएकाहरुलाई आश्रय दिएको तथा ओसारपसार गरेको अभियोगमा पक्राउ परेका हुन् । साउदी अरवको सरकारले अवैधानिक रुपमा बस्दै आएकाहरुलाई आश्रय दिए वा रोजगारी दिए कडा कारवाही गरिने चेतावनी दिंदै आएको थियो ।

साउदी अरवको आन्तरिक मन्त्रालयले अवैधानिक रुपमा साउदी प्रवेश गर्न मद्दत गर्ने वा उनीहरुलाई आश्रय, रोजगारी वा ओसारपसारमा मद्दत गरेमा त्यस्ता व्यक्तिलाई १५ बर्ष जेल सजाय तथा १० लाख साउदी रियालसम्म जरिवाना हुने जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: