साउदीमा तीन महिनामै कोभिड विरुद्दको बुष्टर डोज

साउदी अरबले कोभिड-१९ विरुद्दको खोप लगाएको तीन महिना पुगेकाहरुलाई बुष्टर डोज लगाउने निर्णय गरेको छ । साउदीको स्वास्थ्य मन्त्रालयले गत सोमवार यस्तो निर्णय सार्वजनिक गरेको हो । कोभिड विरुद्दको खोपको दोश्रो मात्रा लगाएकाहरुलाई दोश्रो डोज लगाएको तीन महिना पश्चात नै बुष्टर डोजका रुपमा तेश्रो पटक खोप दिन लागिएको हो ।

साउदी गजेटका अनुसार दोश्रो मात्रा खोप लगाएको तीन महिना पुगेका जोसुकैले बुष्टर डोज लगाउन पाउने छन् । समय लिनका लागि Tawakkalna र Sehhaty एप्लीकेशन मार्फत समय लिनु पर्ने जनाइएको छ ।

कोभिड-१९ विरुद्दको बुष्टर डोजले कोभिड विरुद्द लड्ने शक्ति बढाउने भएका कारण तेश्रो मात्रा छिट्टै दिन थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुष्टर डोज लगाएकाहरुको कोभिड १९ को पछिल्लो भेरिएण्ट ओमिक्रोन विरुद्द लड्ने क्षमता २५ प्रतिशत धेरै देखिएको दावी गरिएको छ । यस अगाडी साउदी अरवको आन्तरिक मन्त्रालयले आगामी फेब्रुअरी १ देखि साउदीमा बसोवास गर्नेहरु र साउदी अरवका नागरिकहरुलाई बुष्टर डोज लगाउने निर्णय गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: