कुवेतले बुष्टर डोजलाई अनिवार्य बनायो

कुवेत प्रवेश गर्नेहरुले कोभिड १९ विरुद्दको खोप लगाएको ९ महिना पुरा भएको भएमा अनिवार्य रुपमा बुष्टर डोज लगाउनु पर्ने भएको छ । कुवेतको सुचना केन्द्रले सोमवार ट्वीटर मार्फत यस्तो जानकारी दिएको हो ।

यसैगरी कुवेत प्रवेश गर्नेहरुको ७२ घण्टाभित्र पिसीआर परीक्षण हुने र त्यसको नतिजा नेगेटीभ नआएसम्म बाहिर निस्कन बन्देज लगाइएको छ । यस्तो परीक्षण नगर्नेहरुले १० दिन घरमा क्वारेण्टीन बस्नु पर्ने व्यवस्था पनि गरेको छ ।

यसैगरी कतारले पनि कोभिडको संक्रमण मुलुकमा बढ्दै गएको भन्दै अनिवार्य रुपमा बुष्टर डोज खोप लगाउन आग्रह गरेको छ । कतारमा अक्टोवरको तुलनामा नोभेम्वर महिनामा कोभिडका संक्रमितको संख्या दोव्वर भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: