कोभिडका संक्रमित बढेपछि बुष्टर डोज लगाउन आव्हान

कतारमा कोभिडका संक्रमितको संख्यामा वृद्दि भएसँगै सरकारले कोभिड १९ विरुद्दको बुष्टर डोज लगाउन कतारमा बसोवास गरिरहेका सवैलाई सूचित गरेको छ । यसैगरी कोभिड विरुद्दको सजगता पूर्ण रुपमा अपनाउन पनि आग्रह गरिएको छ । कतारमा अक्टोवरको तुलनामा नोभेम्वर महिनामा कोभिड संक्रमितको संख्या झण्डै दोव्वर भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले कोभिड विरुद्द खोप नलगाएकाहरु तथा खोप लगाएको ६ महिना पुरा भएकाहरुमा कोभिड संक्रमण बढी देखिएको भन्दै खोप लगाउन वा बुष्टर डोज लगाउन आग्रह गरेको हो ।

कतार टीभिमा बोल्दै कतारको स्वास्थ्य मन्त्रालयका अधिकारीले कोभिडको संक्रमण बढ्नुमा हेलचेक्रयाईंले पनि काम गरेको बताएका थिए । उनले खुल्ला स्थानमा मास्क लगाउनु अनिवार्य छैन भन्नुको अर्थ धेरै भिडभाड भएको ठाउँमा पनि मास्क लगाउनु पर्दैन भन्ने व्यवहार देखिएको भन्दै यसो नगर्न सचेत गराएका थिए । यसैगरी हात मिलाउने, सामाजिक दूरी कायम नगर्ने व्यवहारका कारण पनि कोभिडको संक्रमण बढेको बताएका थिए । उनले बुष्टर डोजले ७५ प्रतिशतसम्म कोभिड संक्रमणलाई रोक्न मद्दत गरेको देखिएको भन्दै अविलम्व बुष्टर डोज लगाउन आवश्यक रहेको बताएका थिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: