एक सातामै पक्राउ परे १५ हजार बढी विदेशी श्रमिक

साउदी अरवमा एक सातामै १५ हजार भन्दा बढी विदेशी श्रमिक पक्राउ परेका छन् । भिसा अवधि सकिएर पनि लुकिछिपि साउदी अरवमा बसेर काम गर्दै आएका, सीमा सम्वन्धि कानुन उल्लंघन गरेका र श्रम सम्वन्धि कानुन उल्लंघन गरेका विदेशीहरुलाई पक्राउ गरिएको हो । साउदी अरवको सुरक्षा निकायको संयुक्त अभियानका क्रममा ति विदेशी श्रमिहरु प्क्राउ परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरु डिसेम्वरको ९ तारिख देखि १५ तारिखको बीचमा पक्राउ परेका हुन् ।

यसरी पक्राउ परेका मध्ये ७ हजार ५ सय बढी भिसाको म्याद सकिएर पनि लुकिछिपी बस्दै आएकाहरु रहेका ५ हजार ७ सय बढी सीमा सुरक्षा सम्वन्धि कानुन उल्लंघन तथा १ हजार ८ सय ५० जना श्रम कानुन उल्लंघनको अभियोगमा पक्राउ परेका हुन् ।

यसैबीच साउदी अरवले सन् २०२१ म हालसम्म झण्डै १ लाख विदेशी नागरिकलाई पक्राउ गरेको र उनीहरुलाई कानुनी कारवाही तथा स्वदेश फिर्ता गराएको जनाइएको छ । स्थानीय सञ्चार माध्यम साउदी गजेटका अनुसार यसरी पक्राउ परेका मध्ये ८२ हजार ८ सय पुरुष र ८ हजार ७ सय महिला रहेका छन् । त्यसमध्ये ७९ हजारलाई स्वदेश फिर्तिका लागि सम्वन्धित मुलुकको दूतावासमा जानकारी गराइएको र एकतर्फी यात्रा अनुमति पत्र बनाएर फर्काइएको थियो ।

साउदी अरवका सुरक्षा अधिकारीहरुले यसरी पक्राउ पर्नेहरु तथा अवैधानिक रुपमा बसोवास गरिरहेकाहरुलाई रोजगारी उपलव्ध गराउने वा आवास सुविधा उपलव्ध गराउनेहरुलाई १५ बर्षसम्मको जेल सजाय हुने चेतावनी दिएका छन् । यसैगरी उनीहरुलाई १० लाख रियालसम्म जरिवाना हुनसक्ने समेत जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: