ईजरायलमा श्रमिक पठाउने विषयमा अनियमितता भएको भन्दै परेको रिटमा कारण देखाउ आदेश

इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली श्रमिक छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने नगर्ने बारेमा छलफल गर्न यही पुस ५ गरे दुवै पक्षलाई बोलाएको छ । सर्वोच्च अदालतका न्यायाधिस हरि प्रसाद फुँयालको इजलासले उक्त आदेश दिएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगार बिभागअन्र्तगत इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली श्रमिक छनौट प्रकृयामा तोकिएको मापदण्ड र सरकारले जारी गरेको सुचनाको आधारमा छनोट भई इजरायल जाने दिनको प्रतीक्षामा बसिरहेकाहरुले छनौट प्रकृयामा अनियमिता भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भनेर १ हजार ४ सय जनाको विज्ञापन गरेको थियो । पछि विना सुचना १ हजार ६ सय जनाको नामावली प्रकाशन गरेर अनियमितता गरेको रिट निवेदकको आरोप छ । निवेदकहरुले छनौट प्रकृया समेत अनियमित भएको आरोप लगाएका छन् ।

विभागले २०७८ साउन १२ गते जारी गरेको सूचनाको ७ नं बुँदामा छनोट समितिले १ हजार ४ सय जनाको योग्यताक्रम सूचिको अन्तिम रोष्टर तयार पारि इजरायली सरकारी निकायलाई उपलब्ध गराउने छ भनि उल्लेख गएिको छ । तर वैदेशिक रोजगार विभागले २०७८ असोज १० गते जारी गरेको सिफारिस सम्बन्धी सूचनामा १ हजार ६ सय जनाको नाम सिफारिस गरिएको छ यसबाट हामी अन्यायमा परेकोले न्यायको लागि अदालतमा आएको रिट निवेदकले दावी गरेका छन् ।

इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली श्रमिक छनौट प्रक्रियामा अनिमियता भएको भन्दै जमुना पौडेल कार्की समेत ९ जनाले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभाग समेतलाई विपक्षी बनाई गत मंसिर २२ गते रिट निवेदन दर्ता गराएका थिए । यो मुद्दामा लिलानाथ घिमिरे र विष्णु कुमार गिरीले बहस गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: