अवैधानिक बसाईलाई वैधानिक बनाउन दिएको अवशरको सदुपयोग गर्न दूतावासको आग्रह

कतार स्थित नेपाली दूतावासले कतारमा अवैध रुपमा रहेका आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागु गरेको व्यवस्था सम्वन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) कतार सँगको साझेदारीमा दूतावासले सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कतारले अवैधनिक रुपमा कतारमा बस्दै आएका आप्रवासीहरुलाई आफ्नो वसाईलाई वैधानिक बनाउन दिएको समय, अवशर तथा प्रकृयाका विषयमा जानकारी दिइएको थियो । कतारको आन्तरिक मामिला मन्त्रालयले यस्तो अवशर दिएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य कतार सरकारले दिएको अवशकार बारेमा नेपाली श्रमिकलाई जानकारी दिनु रहेको थियो । हाइव्रिड रुपमा आयोजित कार्यक्रम मध्ये ३० जना एकैस्थलमा भेला भएका थिए भनें अन्य सहभागिहरु जुम मार्फत जोडिएका थिए । यसैगरी कार्यक्रमलाई फेसबुक मार्फत पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कार्यक्रममा कतारका लागि कार्यवाहक नेपाली राजदूत लक्ष्मण खनालले कतार सरकारले दिएको अवशरको सदुपयोग गर्न सवैलाई आग्रह गरेका थिए । उनले कार्यक्रमका सहभागिहरुलाई बसाईलाई वैधानिक बनाउन कतारले दिएको अवशरका विषयमा सकेसम्म धेरै नेपालीलाई जानकारी पुर्याउन पनि अनुरोध गरे ।

कार्यक्रममा एनआरएनए, कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतार सरकारले दिएको अवशरका बारेमा विस्तृमा जानकारी गराएका थिए । यसैगरी कतारका लागि नेपाली लेवर काउन्सेलर कृष्ण प्रसाद खनालले अवैधानिक रुपमा बस्दै आएकाहरुलाई कतार सरकारले बसाईलाई वैधानिक बनाउन थपेको समयावधिको महत्वका विषयमा प्रष्ट्याएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय