मलेसियामा रोकिएका मध्ये ३४ जना नेपाल फर्काइए, दुईजना गन्तव्य प्रस्थान

जापान जाने क्रममा मलेसियामा अलपत्र परेका मध्ये ३६ जना स्वदेश फर्केका छन् । दुई जना भनें जापान प्रस्थान गरेका छन् । नेपाली राजदुतावास मलेसियाको पहलमा तथा जापान स्थित नेपाली दूतावास र विभिन्न एयरलाइन्सहरुको सहयोगमा उनीहरुलाई स्वदेश फर्काउन तथा जापान पठाउन सम्भव भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालबाट मलेसिया हुँदै जापानको लागि उडेका उनीहरु जापान सरकारको कोभिड सम्बन्धी नियमहरु पुरा नगरेका कारण मलेसियाको क्वालालम्पुरमा विमानस्थलमा अलपत्र परेका थिए । यसरी अलपत्र परेकाहरु मध्ये ३४ जनालाई नेपाल नै फर्काइएको र दुई जना भनें जापान प्रस्थान गरेको दूतावासले जानकारी दिएको हो ।

दूतावासले भनेको छ, अलपत्र परेका यात्रुहरुलाई समयमै उद्दार गर्न सहयोग गर्नुहुने निकाय नेपाल सरकारका विभिन्न निकायहरु, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली राजदूतावास र मलेसियास्थित जापानी राजदूतावासलाइ धन्यवाद । साथै मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सम्पूर्णलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा राजदूतावासको हटलाइन +६०१६२४७२७७७ मा सम्पर्क गर्न नेपाली राजदुतावास मलेसियाले अनुरोध समेत गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय