मलेसिया, युएई, साउदी लगायतका मुलुकमा पनि देखियो कोभिडको पछिल्लो भेरिएण्ट

दक्षिण अफ्रिका हुँदै कोभिड १९ को ओमिक्रोन भेरिएण्ट संसारका विभिन्न मुलुकहरुमा पनि देखिन थालेको छ । झण्डै चार लाख नेपाली कार्यरत मुलुक मलेसिया, झण्डै उत्तिकै संख्यामा नेपाली कार्यरत मुलुक साउदी अरेविया, संयुक्त अरव ईमिरेट्स लगायतका मुलुकहरुमा पनि यो भेरिएण्टको संक्रमित फेला परेका छन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा सो भेरिएण्टको भाइरस देखिएको हो । सो भाइरस देखिएसँगै मलेसियाले २६ वटा मुलुकबाट आउने यात्रुलाई बन्देज लगाएको छ ।

संयुक्त अरव ईमिरेट्स (युएई) मा गत बुधवार अर्को एक खाडी मुलुकबाट आएका अफ्रिकी नागरिकमा ओमिक्रोन भेरिएण्टको भाइरस देखिएको पुष्टि भएको थियो । योसँगै युएईले पनि ७ वटा देशबाट आउन बन्देज लगाएको छ ।

साउदी अरेवियामा यस अगाडी नै यो भेरिएण्टको भाइरस देखिईसकेको छ । अफ्रिकी मुलुकबाट फर्केका साउदी नागरिकमा सो भाइरस देखिएको थियो । कतारमा भनें हालसम्म सो भेरिएण्टको भाइरस नदेखिएको त्यहाँका सरकारी अधिकारीहरुलाई उधृत गर्दै सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

खोपको उपलव्धता बृद्दि भएसँगै कोभिड १९ का संक्रमितको संख्यामा कमि आउँदै गर्दा नयाँ भेरिएण्ट सुरु भएपछि त्रास फैलिएको छ । नेपालले पनि सो भेरिएण्टको संक्रमण रोक्न भन्दै ९ वटा मुलुकबाट यात्रा बन्देज लगाइसकेको छ ।

के हो ओमिक्रोन भेरिएण्ट भन्ने जानकारीका लागि अन्नपूर्ण पोष्टको यो सामग्री पढ्नुहोस् । यो सामग्री अन्नपूर्णकर्मी दिनेश गौतमको जिज्ञासा र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनको जवाफमा आधारित छ । जनस्वास्थ्यको जानकारीका लागि उपयोगि यो जानकारीले समाजको हित गर्ने भएकाले यो सामग्री साभार गरिएको हो ।

कोरोना भाइरसको नयाँ–नयाँ भेरियन्ट कसरी उत्पत्ति भइरहेका छन् ?
सामान्यत: भाइरसले आफ्नो प्रतिलिपीकरण बनाउँदै जान्छ। यो निरन्तर चल्ने र प्राकृतिक पनि मानिन्छ। यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ। म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं। नयाँ भेरियन्ट अघिल्लो वा मूल भेरियन्टबाट कडा वा नरम जे पनि हुन सक्छ।

पछिल्लो भेरियन्ट ओमिक्रोनलाई डब्लूएचओले किन ‘भेरियन्ट अफ कन्सर्न’को सूचीमा राखेको होला ?
भाइरसको फैलने क्षमतामा वृद्धि, घातकता, लक्षणमा फरकता, जनस्वास्थका मापदण्ड प्रभावहीन हुनु र त्यस्तै परीक्षण, उपचार र खोपको प्रभावकारितामा चुनौती जस्ता कुनै एक वा एकभन्दा बढी समस्याहरू देखिएपछि ‘भेरियन्ट अफ कन्सर्न’अन्तर्गत राखिन्छ। त्यस्तै, ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको र पीसीआर परीक्षणमा एसजीन देखाउन नसक्नाले यसलाई भेरियन्ट अफ कन्सर्नअन्तर्गत राखिएको हो।

यो भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक हो ?
अहिलेसम्म यस्तो पुष्टि भएको छैन। तर, ओमिक्रोन भेरियन्टको स्पाइक प्रोटिनमा डेल्टा भेरियन्टभन्दा दुई गुणा बढी म्युटेसन भएको इटालियन वैज्ञानिकहरूले पुष्टि गरेका छन्। तर, यसकै कारण डेल्टाभन्दा बढी संक्रामक हुन्छ भन्ने प्रमाणित भने भएको छैन।

कोरोनाका नयाँ–नयाँ भेरियन्ट फेला परिरहेका छन्। अहिले लगाइरहेका खोप प्रभावकारी हुन सक्छ ?

ओमिक्रोन भेरियन्ट कस्तो हुन्छ रु भन्ने अहिले जानकारी छैन। तर, कोरोनाका नयाँ–नयाँ भेरियन्टहरूमा विशेषगरी स्पाइक प्रोटिनमा निरन्तर परिवर्तन हुँदै गए खोपको प्रभावकारिता खस्किँदै जान सक्नेछ।

जिन सिक्वेन्सिङ’ भनेको के हो ?
‘जिन सिक्वेन्सिङ’ प्रविधिले भाइरसको जिनको विश्लेषण गर्न मद्दत गर्छ।

कोरोना भाइरस सधैं रहिरहन्छ वा यसको निर्मूल हुन सक्छ ?
पहिलो सार्स भाइरस सन् २००३ मा देखिएको थियो। उक्त भाइरस २००४ पछि भने खासै देखिएन। तर, सार्स ९कोभ—२ ०को बारेमा भने पछिसम्म देखिरहन सक्ने अनुमान वैज्ञानिकहरू गरेका छन्। यद्यपि, यकिन भने छैन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय