नौ वटा देशबाट नेपाल आउन रोकियो

कोभिड १९ को नयाँ भेरिएन्ट ‘ओमीक्रोन’ फैलिएसँगै संक्रमण मुलुक भित्रिनबाट रोक्न सरकारले नौ वटा देशबाट नेपाल आउन बन्देज लगाएको छ । बिहीबार रातिदेखि नै लागू हुने गरी सरकारले दक्षिण अफ्रिका, जिम्बाबे, नामिविया, बोत्सवाना, लोसोथो, इसवाटिनी (स्वाजिल्याण्ड), मोजाम्विक, मलावी र हङकङबाट नेपाल आउन रोक लगाएको हो । ति मुलुकबाट नेपाल तर्फ आउँदै गरेका र हाल ट्राञ्जिटमा रहेकाहरु भनें नेपाल आइपुगेपछि क्वारेण्टीनमा बस्नेगरी आउन पाउनेछन् । यसैगरी ति मुलुकलाई ट्रान्जिट बनाएर आउने अरु देशका नागरिकलाई पनि अर्को आदेश नभएसम्मका लागि प्रवेशमा रोक लगाइएको छ ।

सरकारले प्रतिबन्ध लगाइएका मुलुकको यात्रा गरेर तीन साता अवधि पूरा नगरेका अरु देशका नागरिकलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन नदिन तथा त्यस विरुद्ध प्रतिकार्य योजना लागू गर्ने गर्ने ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश–२०७८’ जारी गरेको थियो ।
विभिन्न देशका कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन देखापरेसँगै नेपालमा त्यसको रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद बैठकले कोभिड–संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को अगुवाइमा क्वारेन्टिन व्यवस्थापन टोली गठन गर्न निर्देशन पनि दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय