नेपाली सहित विदेशी श्रमिक शोषण गर्ने कम्पनीमा जाँचबुझ सुरु

मलेसिया स्थित एक बहुराष्ट्रिय कम्पनी गुड ईयर टायरमा अमेरिकी अनुसन्धानकर्ताहरुले अनुसन्धान थालेका छन् । उनीहरुले सो कम्पनीमा काम गर्ने श्रमिकहरुसँग अन्तर्वार्ता सुरु गरेका हुन् ।

सो कम्पनीले महिनौंसम्म तलव नदिई काममा लगाएको, अतिरिक्त कामको पारिश्रमिक नदिएको तथा बसोवास स्थल समेत उचित व्यवस्था नगरेको भन्दै मलेसियाको अदालतले तत्काल रकम भुक्तानी गर्न आदेश दिएको थियो । तर कम्पनीले अदालतको आदेश पछि उच्च अदालतमा त्यस विरुद्द अपिल गरेको छ । सो कम्पनीले आफूहरुको श्रम शोषण गरेको भन्दै नेपाल, बंगलादेश लगायतका मुलुकका १ सय ८५ श्रमिकले सन् २०१९ र २०२० मा मुद्दा दायर गरेका थिए । गुड ईयर विश्वकै ठूलो टायर निर्माता कम्पनी मध्येको एक हो ।

गुड ईयर कम्पनीमा श्रमिकको शोषण भएको मुद्दा परेपछि र सो मुद्दा अन्तराष्ट्रियकरण हुँदै गएपछि अमेरिकाले यसका विषयमा छानविन थालेको हो । गुर्डईयरमा कार्यरत कर्मचारीहरुले आफूहरुलाई बसोवासस्थलका विषयमा तथा कार्यस्थलका विषयमा प्रश्नहरु सोधिएको बताएको मलेसियाका सञ्चार माध्यमहरुले लेखेका छन् ।

सो कम्पनी विरुद्द सन् २०१९ मा दुईवटा तथा सन् २०२० मा एक गरी तीनवटा मुद्दा अदालतमा परेका छन् । सो क्रममा १ सय ८५ श्रमिकले कम्पनी विरुद्द मुद्दा दायर गरेको जनाइएको छ । उनीहरुले आफूहरुले मलेसियाको श्रम कानून अनुसार पाउनु पर्ने सुविधा नपाएको भन्दै मुद्दा हालेका थिए ।

श्रमिकहरुको सो मुद्दामा स्थानीय अदालतले श्रमिकको पक्षमा फैसला गरेको पनि जनाइएको छ । अदालतको वेभसाइटमा प्रकाशित फैसलामा पनि विदेशी श्रमिकले स्थानीय मलेसियाली श्रमिकले पाउने सरह नै सुविधा पाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ । कम्पनीलाई श्रमिकको कटौति गरिएको तथा उपलव्ध नगराईएको रकम तत्काल भुक्तानी गर्न अदालतले आदेश दिएको श्रमिकहरुका तर्फबाट मुद्दा लडेका अधिवक्ताले बताएका छन् । अदालतमा प्रमाणका रुपमा पेश गरिएको पेस्लीपमा कतिपय श्रमिकले मासिक २ सय २९ घण्टासम्म अतिरिक्त समय काम गरेका थिए । मलेसियाको श्रम कानून अनुसार भनें मासिक १ सय ४ घण्टा भन्दा बढी अतिरिक्त समय काममा लगाउन पाईंदैन ।
सो कम्पनीले आफूहरुलाई ५० लाख रिंगिट बरावर ठगि गरेको श्रमिकहरुले दावी गरेको श्रमिकका तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता चन्द्रा सेगरन राजेन्द्रनले बताएको रोयटर्सले लेखेको छ । सो कम्पनीमा नेपाल, म्यानमार तथा भारतका श्रमिक कार्यरत छन् ।

विश्वकै ठूलो मध्येको एक टायर उत्पादक कम्पनी गुडईयरले भनें अदालतको दुवै निर्णय विरुद्द उच्च अदालतमा पुनरावेदन गरेको छ । उच्च अदालतले आगामी जुलाई २६ मा निर्णय सुनाउने अपेक्षा गरिएको छ । यसैगरी श्रमिकले हालेको तेश्रो मुद्दाको फैसला आगामी साता हुने अपेक्षा गरिएको छ ।

गुडईयरले मानव अधिकार रक्षाका सन्दर्भमा कम्पनीको बलियो नीति तथा अभ्यास रहेको बताएको छ । रोयटर्सलाई ईमेलमा कुनै पनि देशमा रहेका कम्पनीले मानव अधिकार हनन गरे नगरेको विषयलाई गम्भीरतापूर्वक हेरिने भनेर कम्पनीले जवाफ दिएको समाचारमा उल्लेख छ ।

मुद्दा हालेका मध्येका एक शरण कुमार राईले श्रमिकहरुको डफ्फा अनुसार कम्पनीको नियम फरक हुने बताएका छन् । उनले सो कम्पनीमा सन् २०१२ देखि सन् २०२० सम्म काम गरेका थिए ।
यो पनि पढ्नुहोस् श्रमिकको ५० लाख रिंगिट ठगेको अभियोगमा एक बहुराष्ट्रिय कम्पनी विवादमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय