कतारमा विदेशी श्रमिकलाई तलव नदिने ३ सय बढी कम्पनी कारवाहीमा

कतारमा विदेशी श्रमिकलाई तलव नदिने ३ सय १४ वटा कम्पनी कारवाहीमा परेका छन् । गत अक्टोवर १ देखि नोभेम्वर १५ भित्र ति कम्पनीहरुलाई आवश्यक कारवाहीका लागि श्रम मन्त्रालयले सिफारिस गरेको हो ।

द पेनन्सुला, कतारका अनुसार त्यसरी कारवाहीको सिफारिसमा परेका कम्पनीहरु निर्माण तथा सार्वजनिक सेवाको क्षेत्रमा काम गर्नेहरु हुन् । ति कम्पनीहरुले आफ्नो कम्पनीमा काम गर्ने विदेशी श्रमिकलाई समयमा तलव नदिएको वा तलव नै नदिएको पाइएको जनाइएको छ ।

समाचारमा मन्त्रालय विदेशी श्रमिकले समयमा तलव पाउनु पर्ने र उनीहरुको अधिकारका विषयमा सचेत रहेको भन्दै यस्तो अनुगमन निरन्तर हुने जनाइएको छ । कतारमा विदेशी श्रमिक माथि शोषण जारी रहेको भन्दै एम्नेष्टि ईन्टरनेशनल, ह्युमन राइट्स वाच, आइटीयूसी लगायतका संस्थाले निरन्तर आवाज उठाउँदै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय