कोभिड १९ विरुद्दको खोपको प्रभावकारिता बढाउन कतारमा बुष्टर डोज लगाउन पाउने समय घटाइयो

कतारमा रहेका र ६ महिना अगाडी कोभिड १९ विरुद्दको खोप लगाएका सवै व्यक्तिहरुले बुष्टर डोज लगाउन पाउने भएका छन् । कोभिड विरुद्दको दोश्रो खोप लगाएकाहरु बुष्टर डोज लगाउन योग्य रहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

द पेनन्सुला कतारका अनुसार त्यस्ता व्यक्तिहरुका लागि बुष्टर डोजका रुपमा तेश्रो खोप दिन लागिएको हो । यस अगाडी दोश्रो खोप लगाएको ८ महिना पुगेकाहरुले मात्र बुष्टर डोजका रुपमा तेश्रो खोप लगाउन पाउने व्यवस्था थियो । तर पछिल्लो अध्ययनहरुले कोभिड १९ विरुद्द पहिलो खोप लगाएको ६ महिना पश्चात कोभिड १९ विरुद्द लड्ने क्षमता कमजोर हुने देखाएका कारण ६ महिना पुगेकाहरुलाई नै बुष्टर डोज दिन लागिएको समाचारमा जनाइएको छ ।

कोभिड १९ विरुद्दको खोप लगाएको ६ महिना पुगेका सवै व्यक्तिले खोप लगाउने पाउने भएका कारण सो समय पुगेका व्यक्तिहरुलाई सम्वन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरिएको छ । विगत दुई सातायता कोभिडका संक्रमितहरुको संख्या बृद्दि हुँदै गएको र त्यसमा यस अगाडी खोप लगाएकाहरु पनि देखिएको मन्त्रालयलाई उधृत गर्दै समाचारमा लेखिएको छ ।

बुष्टर डोज कतारका सवै प्राथमिक स्वास्थ्य हेरचाह केन्द्र (पिएचसीसी) हरुमा दिईने र ति निकायले सम्पर्क गर्नेछन् । थप जानकारी आवश्यक परेमा पिएचसीसीको हट लाइन नम्वर ४०२७७०७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय