नेपाल सहित १० मुलुक कोभिडको उच्च जोखिमको सूचिमा, कतारद्दारा नयाँ सूचि सार्वजनिक

कतारले नेपाल सहित १० मुलुकलाई कोभिड-१९ को उच्च जोखिम सूचिमा राखेको छ । कतारको स्वास्थ्य मन्त्रालयको पछिल्लो मापदण्ड अनुसार नेपाल सो सूचिमा परेको हो ।

द पेनन्सुला कतारका अनुसार आगामी सोमवार (नोभेम्वर १५) देखि लागु हुनेगरी स्वास्थ्य मन्त्रालयले नयाँ सूचि सार्वजनिक गरेको हो । सो सूचि अनुसार नेपाल, बंगलादेश, ईजिप्ट, भारत, ईण्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सुडान तथा दक्षिण सुडान एउटै सूचिमा परेका छन् ।

नयाँ सूचि अनुसार १ सय ८१ मुलुकहरु हरियो सूचिमा परेका छन् । हरियो सूचिमा रहेका मुलुकहरुबाट कतार आउने नागरिकहरुलाई सहज हुन्छ । यसैगरी २१ मुलुक भनें रातो सूचिमा परेका छन् । रातो सूचिबाट आउनेहरुले भनें क्वारेण्टीन लगायतको बढी प्रकृया पुरा गर्नुपर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय