बहराइन जान सहज हुँदै, रातो सूचिबाट हट्दै नेपाल

बहराइनले कोरोना महामारीको रोकथामको लागि जारी गरेको अन्तराष्ट्रिय यात्रा सम्बन्धि कडाई अन्तर्गत नेपाललाई राति सूचीबाट आइतबार रातिदेखि हटाउने निर्णय गरेको छ ।

बहराइनले नेपाललाई रातो सूचीबाट हटाउने निर्णय गरेसँगै विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त खोपको दुबै डोज लगाईसकेकाहरुलाई बहराइन प्रवेश पश्चात १० दिन अनिवार्य क्वारेन्टाइन गर्नुपर्ने प्रावधान हटेको छ । यात्रुहरुले क्युआर कोड सहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने छ ।

खोप नलगाएका तथा खोपको मात्रा पुरा नगरेकाहरुले भने आफू बस्ने निवास वा बहराईनको स्वास्थ्य मन्त्रालयद्वारा निर्धारित स्थानमा क्वारेन्टिन गर्नुपर्ने बहराइनका सम्बन्धित निकायले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय