युएईमा अवकाश पछि पनि भिसा लिन सकिने

संयुक्त अरव ईमिरेट्स (युएई) ले अवकाश प्राप्त विदेशी नागरिकलाई अवकाश पछि पनि सो मुलुकमा बस्न पाउने व्यवस्था गरेको छ । अवकाश पछि पनि युएईमा नै बस्न चाहने विदेशी नागरिकले भिसा प्राप्त गर्न सक्ने गरी गरिएको प्रस्तावलाई युएईको मन्त्री परिषदले स्वीकृत गरेको गल्फ न्यूजले समाचार लेखेको छ ।

मंगलवार प्रधानमन्त्री तथा दुवईका शेख मोहम्मद वीन रसिद अल मोख्तुमको अध्यक्षतामा बसेको बैठकले यस्तो प्रस्ताव स्वीकृत गरेको समाचारमा जनाइएको छ । यसैगरी युएईले स्वचालित गाडी सञ्चालनको पनि परीक्षण गर्ने निर्णय गरेको छ । त्यस्तो गाडी परीक्षणका लागि सञ्चालन अनुमति दिने मध्यपूर्वमा युएई पहिलो मुलुक रहेको तथा विश्वमै दोश्रो मुलुक रहेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय