विदेशी श्रमिकको अभाव चर्किएपछि मलेसियामा मुख्य व्यवसायीक क्षेत्र अप्ठ्यारोमा

मलेसियामा विदेशी श्रमिकको अभाव चर्किएको छ । श्रमिक अभावका कारण कलकारखाना, निर्माण लगायतका क्षेत्रको काममा कटौती हुन थालेको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

मलेमेलका अनुसार कोभिड १९ का कारण नयाँ श्रमिक मलेसिया आउन नपाउने तर भिसा तथा श्रम सम्झौताको म्याद सकिएर विदेशी श्रमिक स्वदेश फर्किएपछि समस्या बढेको हो । यसैगरी स्थानीय मलेसियन नागरिकले विदेशी श्रमिकले गर्दै आएको काम नगर्दा समस्या अझ बढेको समाचारमा जनाइएको छ । यस अगाडी रोजगारीमा रहेका मलेसियन नागरिकलाई पनि काममा टिकाई राख्न मुस्किल परेको रोजगारदाताहरुलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

मलेसियामा हाल झण्डै ११ लाख विदेशी श्रमिक कार्यरत रहेको मलेसियन नेशनल चेम्वर आफ कमर्श एण्ड ईन्डस्ट्रीजले जनाएको छ । सन् २०१८ मा सो संख्या १९ लाख थियो । यस अगाडी मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले सन् २०२० को अन्त्यसम्म विदेशी श्रमिक नलिने र मलेसियन नागरिकलाई रोजगारी सुरक्षित गर्ने बताएका थिए । सो बन्देजलाई सन् २०२१ को अन्तिमसम्मका लागि बढाइएको समाचारमा जनाइएको छ । तर मलेसियन नागरिकहरु त्यहाँ उपलव्ध रोजगारीमा आकर्षित छैनन् । एकातिर मलेसियामा स्थानीय नागरिकले त्यहाँ उपलव्ध रोजगारीमा रुचि देखाएका छैनन् भनें अर्कातर्फ त्यहाँ बेरोजगारी दर ४ दशमलव ६ प्रतिशत रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय