विदेशी श्रमिक अभाव चर्किएपछि दक्षिण कोरियामा नीति परिवर्तनको तयारी

दक्षिण कोरियाले विदेशी श्रमिकको अभाव भएपछि विदेशी श्रमिक आउन दिने नीतिलाई खुकुलो बनाउने तयारी गरेको छ । कृषि, निर्माण लगायतका धेरै विदेशी श्रमिक काम गर्ने क्षेत्रहरुमा हाल श्रमिकको चर्को अभाव रहेको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । कोभिड १९ को महामारीका कारण झण्डै दुई बर्षयता गैर व्यवसायीक कामका लागि भिसा दिन रोकेपछि दक्षिण कोरियामा श्रमिकको चर्को अभाव भएको हो ।

दक्षिण कोरियाको सञ्चार माध्यम पल्सका अनुसार दक्षिण कोरियाको श्रम मन्त्रालयले ई ९ भिसा जारी गर्ने जानकारी दिएको छ जुन गैर व्यवसायीक कामको लागि प्रदान गरिन्छ । ई ९ भिसा मुख्य गरी नेपाल सहित १६ वटा मुुलुकबाट शारिरीक परिश्रम बढी पर्ने प्रकृतिको रोजगारीका लागि आउने नागरिकहरुका लागि जारी गरिन्छ । कोभिड १९ को महामारी सुरु भएपछि यस्तो भिसा जारी गर्न पूर्ण रुपमा रोकिएको थियो ।

श्रमिकको चर्को अभाव सुरु भएपछि दक्षिण कोरियाले गत बर्ष नै एउटा मुलुकको लागि बन्देज हटाएको थियो भनें यस बर्षको अप्रिलबाट पाँचवटा मुलुकको लागि बन्देज हटाएको थियो । नेपालबाट पनि गत हप्ता दक्षिण कोरियामा नेपाली श्रमिक रोजगारीका लागि गएका छन् । ईपीएस प्रणालीमार्फत पहिलो चरणमा कोरियाले १ सय १९ जना ‘प्रतिवद्ध श्रमिक’ नेपालबाट लिने गरी निर्णय गरेअनुसार गत हप्ता ४८ जना श्रमिक कोरिया उडेका हुन् । कोरियामा ५ वर्षसम्म एउटै रोजगाराताकोमा काम गरेर सोही रोजगारदाताकोमा फेरि काम गर्न जाने गरी फर्किएका कामदारलाई ‘प्रतिवद्ध श्रमिक’ भन्ने गरिन्छ । २० महिनापछि नेपाली श्रमिक कोरिया जाने प्रक्रिया शुरु भएको र अर्को चरणमा १ सय १९मध्ये बाँकी श्रमिकलाई पनि पठाउने वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले जनाएको छ । २०७६ फागुनको पहिलो सातादेखि नै ईपीएस प्रणालीमार्फत एक जना पनि श्रमिक नेपालबाट कोरिया जान पाएका थिएनन् ।

दक्षिण कोरिया जाने प्रकृया पुरा गरेर बसेका झण्डै ८ हजार नेपाली कोभिडको महामारीका कारण कोरिया जान पाएका छैनन् । दक्षिण कोरियाले कोभिड १९ सँगै बाचौं भन्ने नीति लिएपछि सोही अनुरुपको योजना श्रम मन्त्रालयले यहि नोभेम्वरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय