मलेसियामा नयाँ श्रमिक आउन पाउने कुनै जानकारी छैन: दूतावास

मलेसिया स्थित नेपाली दूतावासले नयाँ श्रमिक आउन पाउने बारेमा मलेसिाय सरकारका तर्फबाट दूतावासमा कुनै जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ । मलेसियामा रोजगारी खुलेको र राजदूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा स्पष्ट पार्दै दूतावासले यस्तो बताएको हो ।

मलेसिया स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै भिषाको म्याद कायम भएका व्यक्तिलाई रोजगारदाताले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सातदिनको क्वारेण्टीनमा बस्नेगरी मलेसिया आउन पाउने व्यवस्था गरिएको बताएको हो । तर नयाँ श्रमिक आउन सक्ने विषयमा भनें मलेसिया सरकारबाट कुनै जानकारी प्राप्त नभएको विज्ञप्तीमा जनाइएको छ ।

कोभिड-१९ को प्रभाव नियन्त्रण गर्न मलेसियाले सन् २०२० को मार्च १८ देखि लागु गरेको आवागमन नियन्त्रणसँगै स्थगित गरिएको मागपत्र प्रमाणीकरणको काम हालसम्म सुचारु नगरिएको पनि दूतावासले जनाएको छ । मागपत्र प्रमाणीकरणकोक ाम सुरु हुनासाथ यसका बारेमा जानकारी दिईने भन्दै दूतावासले मागपत्र प्रमाणीकरण भएको जानकारी फेम्स मार्फत श्रमिक छनौट गर्ने वारेसनामा प्राप्त गरेका वैदेशिक रोजगार व्यवसायी संस्थाहरुलाई पुग्ने भएकोले यस बाहेक अन्य कुरामा भ्रममा नपर्न पनि सम्वन्धित सवैलाई दूतावासले जानकारी गराएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय