जोर्डनको मागपत्र प्रमाणिकरण खुल्ला गर्ने सरकारको निर्णय

सरकारले जोर्डनमा रोजगारीका लागि जान चाहने नेपालीका लागि मागपत्र प्रमाणिकरण खोल्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्री स्तरीय निर्णय गर्दै सरकारले केहि वर्षयता रोकिएको जोर्डनको रोजगारीलाई सहज बनाउने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयका सह-सचिव हरिश्चन्द्र घिमिरेका अनुसार जोर्डनमा रोजगारदाताले नेपाली श्रमिकलाई न्यूनतम मासिक ३ सय अमेरिकी डलर बरावरको पारिश्रमिक उपलव्ध गराउने गरी पठाएको मागपत्र ईजिप्टको कायरो स्थित नेपाली दूतावासले प्रमाणिकरण गर्ने निर्णय भएको छ । खाना आवास लगायतको खर्च भनें न्यूनतम पारिश्रमिकमा गणना गर्न पाइने छैन ।

गार्मेण्ट क्षेत्रमा आकर्षक रोजगारीका रुपमा लिइएको जोर्डनको रोजगारी केहि बर्षयता रोकिएको छ । पारिश्रमिक नेपाल सरकारले तोके अनुरुप नभएको भन्दै कायरो स्थित नेपाली दूतावासले मागपत्र प्रमाणिकरण नगर्दा जोर्डनका लागि नेपाली श्रमिकको बाटो बन्द नै रहेको थियो । जोर्डनमा रोजगारीका लागि जान चाहने झण्डै १ हजार नेपाली महिला तालिम लिएर पनि रोकिएका थिए । सरकारको सो निर्णयसँगै यसमा सहजता हुने अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय