मानव बेचविखनको अभियोगमा पक्राउ परे एक व्यक्ति

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। बेल्जियमको एक होटलमा हेल्पर काममा लगाइदिने भन्दै बेचबिखन गर्न खोजेको अभियोगमा ति व्यक्ति पक्राउ परेका हुन ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा बाग्लुङका राजेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो। खड्कालाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद अनुमति लिइ प्रहरीले मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग द्ववेदीले बताए।

खड्काले मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी आठ लाख ५४ हजार रुपैयाँ ठगी गरेको अभियोग छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय