
मलेसियामा नेपालीको मृत्युदर बढी भएको विषयमा मलेसियाको मानव अधिकार आयोग (सुहाकाम) ले अध्ययन गर्ने भएको छ । मलेसिया स्थित नेपाली दूतावासले नेपालीको मृत्युदर बढेको बताएपछि सुहाकामले यस बारेमा अध्ययन गरिने जनाएको हो ।
सुहाकामका आयुक्त जेराल्ड जोसेफले मानवअधिकार आयोगले नेपाली दूतावासबाट सन् २०१८ देखि जुलाई २०२१ को बीचमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मलेसियामा मृत्यु भएको जानकारी प्राप्त गरेको बताएका छन् । स्थानीय सञ्चार माध्यम मलेमेलका अनुसार यसरी मृत्यु हुनेहरु मध्ये बहुसंख्यकको मृत्युको कारण आत्महत्या, निमोनिया, कोभिड १९ तथा अन्य रोगहरु रहेका छन् ।
यो अध्ययनमा श्रम विभाग, स्वास्थ्य तथा सुरक्षा विमाग लगायतलाई पनि संलग्न गराइने सहाकामका आयुक्त जोसेफले जनाएका छन् । उनले मृत्युको कारण र यसका जिम्मेवार को हुन् भन्ने बारेमा अध्ययन गरिने जनाइएको छ ।