यस बर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार अनमोल, भारती र अधिकारीलाई

यस बर्षको श्रम रोजगार पत्रकारिता पुरस्कारबाट अमृता अनमोल, रमेश भारती र अनिल अधिकारी पुरस्कृत हुने भएका छन् । श्रम रोजगार पत्रकार समूहले प्रदान गर्ने सो पुरस्कारको घोषणा शुक्रवार भएको हो ।

सो पुरस्कार अन्तर्गत पहिलो पुरस्कार कान्तिपुरमा कार्यरत अमृता अनमोलले प्राप्त गरेकी हुन् । यसैगरी दोश्रो पुरस्कार शिलापत्र डटकममा कार्यरत पत्रकार रमेश भारतीले प्राप्त गरे । साझा सबाल डटकममा कार्यरत पत्रकार अनिल अधिकारीले तेश्रो पुरस्कार प्राप्त गरे । पहिलो हुनेले नगद ३० हजार सहित प्रमाणपत्र, दोश्रो हुनेले २० हजार सहित प्रमाणपत्र तथा तेश्रो हुनेले नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस बर्ष अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले पुरस्कारका लागि साझेदारी गरेको छ ।

प्रतिस्पर्धामा २२ जना पत्रकारले लेखेका बिभिन्न ७६ वटा समाचार रिपोर्टहरु प्राप्त भएको र तिनिहरुको तीन सदस्यीय स्वतन्त्र निर्णायक समितिले अध्ययन गरी उत्कृष्ट तीनको छनौट गरेको श्रम रोजगार पत्रकार समूहका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए ।

श्रम रोजगार पत्रकार समुहले श्रम रोजगारको क्षेत्रमा कृयाशिल सञ्चारकर्मीहरुलाई उत्कृष्ट कार्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले “श्रम रोजगार पत्रकारिता पुरस्कार” को स्थापना गरेको समूहले जनाएको छ ।

श्रम रोजगारको क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीहरुको दक्षता अभिवृद्दि गर्ने, उनीहरुलाई उत्कृष्ट कार्यका लागि उत्प्रेरित गर्ने तथा गहन अध्ययन, अनुसन्धानमूलक कार्य गर्ने उद्देश्यले सन् २०१९ को डिसेम्वर १८ का दिन श्रम रोजगार पत्रकार समूहको स्थापना भएको हो । यस संस्थाले कोभिड १९ को महामारीका बीच श्रमिकको स्वदेश फिर्ति, न्यायमा पहुँच, न्यायोचित भर्ना प्रकृया लगायतका विषयमा जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको समूहले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय