कुवेतले कोभिड १९ का कारण लाग्दै आएको बन्देज हटाउने

कुवेतले कोरोना विरुद्दको खोपको पूर्ण मात्रा लगाएकाहरुका लागि केहि सहज व्यवस्था गर्ने भएको छ । कोरोनाका कारण लगाइएको बन्देज अव खोप लगाएकाहरुका लागि हटाइने भएको हो । कुवेतका प्रधानमन्त्री शेख सवाह खालिद अल हमाद अल सवाहले बुधवार आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् ।

द पेनन्सुला, कतारका अनुसार टेलिभिजन मार्फत प्रशारित पत्रकार सम्मेलनमा उनले यसका बारेमा विस्तृतमा जानकारी दिएनन् । आगामी अक्टोवर २४ देखि कुवेतको अन्तराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउँदैछ ।

खाडी मुलुकहरु विस्तारै कोभिड १९ को महामारीबाट मुक्त हुँदै पहिलेको झैं सामान्य जीवनमा फर्किदै गरेको समाचारमा जनाइएको छ । कुवेतको पछिल्लो घोषणालाई त्यसकै एउटा कडीका रुपमा लिइएको छ । खाडीका मुलुकहरुमा कोभिडका संक्रमितहरुको संख्यामा निक्कै कमी आएको छ । खाडीका मुलुकहरुमा विवाहका पार्टीहरु, सम्मेलनहरु तथा सामाजिक कार्यमा हुने भेलाहरु ऋायोजना गर्न खुकुलो बनाइएको छ । यस्ता कार्यक्रमहरुमा खोप लगाएका व्यक्तिहरुलाई सहभागि हुन अनुमति दिइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय