खोपको पूर्ण मात्रा लगाएका र अवैधानिक रुपमा बसेकाहरु सहजै स्वदेश फर्किन पाउने

दक्षिण कोरियामा पूर्ण रुपमा खोप लगाएका तर अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकले स्वेच्छाले स्वदेश फर्किन चाहेमा जरिवानाबाट छुट पाउने भएका छन् । गत अक्टोवर १२ तारिख देखि नै यो व्यवस्था कोरियाको न्याय मन्त्रालयले लागु गरिरहेको सउल स्थित नेपाली दूतावासले जनाएको छ । यसरी स्वदेश फर्किनेहरुलाई प्रवेश प्रतिवन्ध नलगाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै यो नियम १द्द अक्टुवरसम्ममा पूर्ण रुपमा खोप लगाएका वा ३१ डिसेम्वर २०२१ सम्ममा खोप लगाउनेहरुको हकमा समेत लागु हुने जनाएको छ । अपराधको आरोपममा प्रहरीमा बुझाइएका र कोभिड १९ सम्वन्धि नियम उल्लंघन गरेका विदेशी नागरिकहरुको हममा समेत लागु हुने जनाइएको छ ।

यसरी फर्किन चाहनेहरुले एक डोज जोन्सनको खोप वा फाइजरको डवल डोज, मोडेर्ना वा एस्टाजेनेका खोप पूरा गर्ने विदेशी नागरिकहरु तथा पूर्ण खोप लगाएका तर १४ दिन पुरा नभएकाहरुको हकमा पनि स्वेच्छिक रुपमा कोरिया छोड्दा कोरिया सरकारले हाल दिएको सुविधा प्राप्त गर्नेछन् । खोप लगाएको प्रमाण विद्युतिय माध्यमबाट वा प्रिन्ट गरिएको कपी बुझाउनु पर्ने सुचनामा जनाइएको छ ।

पूर्ण खोप लगाएका र अवैधानिक रुपमा बस्दै आएका विदेशीहरु अध्यागमन कार्यालयमा व्यक्तिगत रुपमा जान वा स्वेच्छिक प्रस्थानको प्रारम्भीक घोषणाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । जाने दिन विमानस्थलमा प्रवेश प्रतिवन्ध तथा जरिवानाबाट उनीहरु मुक्त हुने दूतावासको सुचनामा उल्लेख छ । थप जानकारी आवश्यक परेमा कोरिया ईमिग्रेसन सर्भिसको फोन नम्वर १३४५ मा फोन गर्न अनुरोध गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय