नयाँ कम्पनीमा काम गर्न वा स्वदेश फर्किन पाइने सुविधा सहित खुल्यो आममाफी

कतारले रोजगारीका लागि कतार पुगेका तथा विभिन्न कारणले कतारी आईडी प्राप्त गर्न नसकेका वा नविकरण हुन नसकी अवैध रुपमा कतारमा रहेका विदेशी श्रमिकले आफ्नो बसाईलाई वैधानिक बनाउन पाउने भएका छन् । कतार सरकारले त्यसरी अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकले कुनै रोजगारदाता कम्पतीबाट जव अफर लेटर लिएर आवश्यक कागजात सहित तोकिएका केन्द्रहरुमा निवेदन दिएमा उनीहरुको बसाई कानुनी हुनेछ ।

कतार स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै त्यसरी निवेदन दिनेहरुलाई हालसम्मको दण्ड जरिवाना छुट तथा मिनहा गरी नयाँ कम्पनीमा रोजगारीका लागि अनुमति प्रदान हुनेछ । यसका लागि उम्म सलाल सर्भिस सेण्टर, उम्म सुनाईम सर्भिस सेण्टर, मेसाइमिर सर्भिस सेण्टर, अल वक्रा सर्भिस सेण्टर र अल रैयान सर्भिस सेन्टरमा निवेदन दिन सकिनेछ ।

यसैगरी कुनै नयाँ रोजगारदातासँग काम गर्नेगरी जव अफर लेटर प्राप्त गर्न नसकि स्वदेश फर्किन चाहनेहरुले भनें सर्च एण्ड फलो अप डिपार्टमेण्टमा रहेको काउन्टरमा नेपाल फर्किने टिकट सहित सम्पर्क गर्न सक्नेछन् । यसरी सम्पर्क गर्नेहरु पनि दण्ड जरिवानाबाट बच्ने दूतावासले जनाएको छ । भ्रमण भिसा (टुरिष्ट भिसा) मा कतार पुगेर भिसाको म्याद समाप्त भएकाहरु प्नि यहि प्रकृया मार्फत स्वदेश फर्किन पाउनेछन् । यसरी फर्किनेहरु पनि दण्ड जरिवानाबाट बच्ने छन् ।

कतार सरकारले जारी गरेको यो घोषणा ३१ डिसेम्वर २०२१ (२०७८ पुष १६) सम्म लागु हुने भएकाले सो अवधि भित्र यो अवशरको सदूपयोग गर्न दूतावासले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: