साउदी विस्तारै पुरानै लयमा फर्किदै

नेपालीको मुख्य श्रम गन्तव्य मध्येको एक साउदी अरब बिस्तारै कोरोना संक्रमण अगाडीकै लयमा फर्किन थालेको छ । साउदीको नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि सबै विमानस्थलहरू पूर्ण क्षमतामा उडान सञ्चालन गरेको छ । साउदीले विमानस्थलहरुमा प्रवेश गर्ने यात्रुहरूको कोरोना बिरुद्धको खोप लगाए नलगाएको रेकर्ड एपमार्फत चेकजाँच गर्दछ । साथै पूर्ण खोप लगाएकाहरूले बाहिर निस्कदा मास्क लगाउने र सामाजिक दूरी पालना गर्ने सम्बन्धि नियम समेत अनिवार्य गरेको छैन ।

यसैगरी पूर्ण खोप लगाएकाहरुले विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनमा शारीरिक दूरी समेत कायम नराखी निर्वाधन आउजाउ गर्न सक्ने स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । कोठा भित्र काम गर्दा भने सामाजिक दुरी कायम गर्नुपर्ने र माक्स लगाउनुपर्ने नियम पालना गर्नुपर्दछ ।

साउदी अरवले पछिल्लो पटक कोरोना संक्रमण अवधिमा यात्रा गर्न नपाएर रद्द भएका उडान र रद्द भएका टिकटहरूका लागि यात्रुले चाहे बमोजिम कुनै अतिरिक्त शुल्क नलिई समय परिवर्तन गर्न सक्ने जनाएको छ । साउदीले कोरोना भाइरस फैलिन नियन्त्रण गर्न सन् २०२१ को २७ फेब्रुअरी देखि तीर्थयात्रीहरूमा अस्थायी प्रतिबन्ध लगाएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय