मलेसियामा नवजात शिशुको शव सहित एक नेपाली महिला पक्राउ

मलेसियामा एक नेपाली महिला नवजात शिशुको शवसहित पक्राउ परेकी छन् । एक फ्याक्ट्रीको होष्टेलबाट आफूले जन्माएको नवजात शिशुको शवसहित उनी पक्राउ परेको बनर्माले लेखेको छ । सो घटनाका विषयमा सोही होष्टलमा बस्ने एक विदेशी नागरिकले प्रहरीलाई खवर दिएको समाचारमा जनाइएको छ ।

प्रहरी सो होष्टलमा पुग्दा सो नवजात शिशुको शव कालो प्लाष्टिकको झोलामा बाँधेर राखिएको अवस्थामा फेला परेको समाचारमा उल्लेख छ । २८ बर्षिय ति महिलालाई अस्पतालमा स्वास्थ्य परीक्षण गरि हिरासतमा राखिएको जनाइएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय