इजरायल जानेहरुको अन्तिम नतिजा सार्वजनिक

इजरायलमा दीर्घकालिन स्याहार केन्द्रहरुमा सहायकका रुपमा काम गर्न ईच्छुक भई परीक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले त्यसरी जाने श्रमिकहरुको छर्नौट सूचि सार्वजनिक गरेको हो ।

विभागले एक विज्ञप्ती जारी गर्दै नेपाल स्थित इजरायली दूतावासमा बुझाइएको १ हजार ६ सय जनाको सूचिबाट चिठ्ठा प्रणाली मार्फत १ हजार १ सय ७५ व्यक्ति छनौट गरिएको जनाएको छ । विभागका महानिर्देशक दिपक काफ्लेले दूतावास मार्फत ईमेलमा प्राप्त भएको सूचि सार्वजनिक गरिएको जनाएका छन् ।

सूचि हेर्न विभागको वेभसाइट www.dofe.gov.np हेर्न सक्नुहुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय