श्रम मन्त्रीमा कृष्णप्रसाद श्रेष्ठ, ‘अपहरण’को आरोप देखि मन्त्रीसम्म

नयाँ श्रममन्त्रीमा कृष्ण कुमार श्रेष्ठ (किसान) नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रीमण्डल विस्तारमा श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी नेकपा (एकिकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागि भएका हुन् ।

२०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठ केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा ओली निकट मानिन्थे । मुख्यगरी प्रेम आले निकटका मानिने श्रेष्ठ २०७७ मा संघिय समाजवादी फोरम फुटाउन सो पार्टीका साँसद सुरेन्द्र यादवलाई रातारात महोत्तरीबाट काठमाडौं ल्याउने कार्यमा संलग्न रहेका थिए । साँसद महेश बस्नेत, पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल पनि मुछिएको सो प्रकरणलाई साँसद अपहरण भनेर चित्रित गरिन्छ ।

नेकपामा शक्ति संघर्ष चुलिएको समयमा प्रेम आलेलाई बनमन्त्रीबाट बर्खास्त गरिएपछि श्रेष्ठ पनि आलेसँगै माधव नेपालसँग नजिकिएका थिए । नयाँ सरकारमा मन्त्री बनाउने गरी आलेले श्रेष्ठलाई ओली क्याम्प परिवर्तन गर्न सहमत गराएको नेकपा एमाले विभाजन भएको समयमा नै चर्चामा रहेको थियो । वर्तमान सरकारमा आलेसँगै श्रेष्ठ पनि मन्त्री बन्न सफल भएका छन् ।

२०२४ पुष ७ गते तनहुँमा जन्मेका श्रेष्ठले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा तनहुँबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग उनी पराजित भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय