बद्री केसीद्दारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन् । केसीले संघको दुई कार्यकाल महासचिव, एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल केन्द्रीय सदस्यका रुपमा काम गरेका छन् ।

रसियाका व्यवसायी केसीले एनआरएनएमा आफूले प्राप्त गरेको अनुभवलाई संगठनको लागि खर्च गर्ने बताए । यस बर्ष विश्वभर रहेका संघका प्रतिनिधिहरूले अनलाइन माध्यम मार्फत मतदान गर्नेछन् ।

वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने अध्यक्षका उम्मेदवार डा. केसीले बताए ।

आफ्नो दुई वर्षे कार्यकालमा नेपालमा लगानीको क्षेत्र पहिचान गरी सुरक्षित लगानी प्रवर्द्धनका लागि संघदेखि प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय