विशाक्त रक्सी सेवनका कारण एक महिनामै नेपाली सहित १५ विदेशीको मृत्यु

मलेसियामा गत सेप्टेम्वर महिनामा विशाक्त रक्सी सेवनका कारण ३३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने मध्ये १५ जना विदेशी छन् । विशाक्त रक्सी सेवन गरेर गम्भीर विरामी परेका ५५ जना मध्ये ३३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै बनर्माले समाचार लेखेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. नुर हिसाम अव्दुल्लाहका अनुसार मृत्यु भएका मध्ये ४५ प्रतिशत विदेशी नागरिक हुन् भनें ५५ प्रतिशत मलेसियन नागरिक हुन् । ज्यान गुमाउने विदेशीहरु नेपाल, भारत तथा म्यानमारका रहेको समाचारमा जनाइएको छ । विशाक्त रक्सी सेवनका कारण हरेक बर्षजसो मलेसियामा ठूलो संख्यामा मृत्यु हुने गरेको छ । नाम चलेका ब्राण्डका नाममा बजारमा उपलव्ध हुने विशाक्त रक्सीले सन् २०१८ मा ५० भन्दा बढी विदेशी श्रमिकले ज्यान गुमाएका थिए ।

ज्यान गुमाउने मध्ये सवैभन्दा धेरै सेलेंगारका रहेका छन् भनें त्यसपछि पेराक, पाहाङ, क्वालालम्पुरमा रहेकाहरु छन् । गम्भीर विरामी परेका मध्ये १५ जनाको हाल पनि उपचार चलिरहेको छ ।

स्वास्थ्य महानिर्देशक अव्दुल्लाहका अनुसार अवैध रुपमा बनाइएको रक्सीका कारण बर्षेनी यस्तो घटना हुने गरेको छ । उनले विशाक्त रक्सी सेवन पश्चात पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने, दृष्टि धमिलो हुने र बेहोस हुने लक्षण देखिन सक्ने बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय