इजरायलको रोजगारीका लागि अन्तर्वार्ता छुटेकाहरुको पुन: परीक्षा अन्यौलमा

इजरायल जान अन्तरवार्तामा छुटेकाको पुन: परीक्षा अन्योलमा रहेको छ । इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुन: परीक्षा हुने तयारी रहेको विभागले जनाएको छ । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले र वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले उक्त जानकारी गराएका हुन् ।

विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बिचमा छुटेका व्यक्तिलाई अन्तरवार्ता अवधिभरलाई अवसर दिइएको छ । साझासवालबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय