यातायात मजदुरमाथि आक्रमण

रसुवाको टिमुरे स्थित एक होटलमा असोज १० गते साँझ यातायात मजदुर पदमबहादुर गुभाजुमाथि स्थानिय बुनिमा तामाङ सहितको समुहले सांघातिक आक्रमण गरेका छन् । रसुवास्थित नेपाल–चीन सीमा टिमुरेबाट सामान ओसारपसार गर्ने कन्टेनर ट्रकका चालक गुभाजुलाई टिमुरेका स्थानिय बुनिमा तामाङ सहितका युवाहरुले निर्घात कुटपिट गरेका हुन् ।

आक्रमणबाट गुभाजुको दाहिने खुट्टाको बुढी औला, दाहिने हातको कान्छी औँला भाचिएको छ । त्यस्तै टाउकोका गम्भिर चोट लागेको जानकारी पाएको नेपाल यातायात स्वन्त्र मजदुर संगठनका अधयक्ष भीम ज्वाला राईले जानकारी दिएका छन् । हाल घाईतेको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ । उनलाई टिमुरेको स्वास्थ्य चौकीमा उपचार गरिए पनि सम्भव नभएपछि काठमाडौं रिफर गरिएको थियो ।

साँझ पौने आठ बजे खाना खान होटलमा बसिरहेको अवस्थामा मादक पदार्थ सेवन गरी होटलमा आएका करिव ९ जनाको समुहले होटल सञ्चालकसँग वादविवाद गरेपछि सम्झाउने क्रममा ति युवाहरुले आफुमाथि अन्धाधुन्ध आक्रमण गरेको घाईते पदमबहादुर गुभाजुले बताए ।
आक्रमणमा संलग्न मध्ये एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी देवेन्द्र पाण्डेले जानकारी दिए । अन्यको खोजी भईरहेको उनले बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अरनिको ट्रक ईकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले मजदुरमाथिको कुटपिट तथा आक्रमण आफुहरुका लागि सह्य नहुने भन्दै आक्रमणकारी सबैलाई तत्काल गिरफ्तार गरि कारवाही नगरिए त्यस रुटमा चल्ने सम्पूर्ण ट्रक कन्टेनरहरु बन्द गर्न आफुहरु बाध्य हुने बताए । श्रेष्ठले यस अगाडी पनि यातायात मजदुरहरुमाथि त्यस्ता आक्रमण भईरहेकाले मजदुरहरुले सुरक्षित रुपमा काम गर्ने वातावरण वनाउन समेत सरकारसंग आग्रह गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: