ईजरायल जान चाहने १ हजार ६ सयजनाको सूचि दूतावासमा बुझाइयो

वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान भाषा परीक्षा पास गरेकाहरु मध्येबाट १६ सय जना अर्को चरणको लागि सिफारिस गरेको छ। विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १ हजार ६ सय जना छनोट गरी नेपाल स्थित इजरायली दूतावासलाई नामावली बुझाएको छ ।

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरि कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गरेका थिए ।

तिनैमध्ये अन्तर्वार्तामा १ हजार ८ सय ३ जना सहभागी भएका थिए । अन्तरवार्ताबाट १ हजार १ सय २० जना महिला र ४ सय ८० जना पुरुष गरि १ हजार ६ सय जना सिफारिस भएका हुन् ।

अब सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर) का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो । यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जिटुजी मोडलबाट भएको छ ।

इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मानिन्छ । इजरायल रोजगारमा जानेहरुले एक वर्षको करार अवधिको लागि जाने भएपनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७०० लाग्ने अनुमान छ भने मासिक करिव १ लाख ९० हजार तलब प्राप्त गर्न सक्छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: