मलेसियाले नेपालीका लागि यात्रा बन्देज हटायो, यस्ता छन् पुरा गर्नुपर्ने प्रकृयाहरु

श्रमिकको अभाव भएपछि मलेसियाले केहि संख्यामा विदेशी श्रमिक लिने निति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका छन् । यो निर्णय तत्काल देखि लागु हुने नेपाल स्थित मलेसियाली दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै कोभिड १९ को संक्रमण फैलिन नदिन केहि विशेष प्रावधानहरु भनें लागु हुने स्पष्ट पारेको छ । मलेसिया जान चाहनेहरुले मलेसियाली अध्यागमन कार्यालयको माइ ट्राभल पास/माई ईन्ट्री (https://www.imi.gov.my) मार्फत दर्ता हुनु पर्नेछ ।

यसैगरी मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने, कोभिडको परीक्षण गरिएको नेगेटीभ रिपोर्ट साथमा हुनुपर्नेछ ।

यसैगरी मलेसिया पुगेपछि तोकिए अनुसार क्वारेण्टीनमा बस्नुपर्नेछ । भिसा लगायतका विषयमा कुनै कुरा बुझ्नु परेमा kathmandu@imi.gov.my मा ईमेल गरेर तथा ०१ ५४४५६८९ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

हेर्नुहोस्, दूतावासको सुचना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: