सरकारले केपी ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सवै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएसँगै मलेसिया, कतार लगायतका मुलुकमा कार्यरत राजदूतहरु फर्किने सूचिमा परेका छन् । मंगलवार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारको सो निर्णयसँगै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, कतारका लागि कार्यरत नारदनाथ भारद्दाज, ओमानका लागि कार्यरत शर्मिला पराजुली, इजरायलका लागि कार्यरत अञ्जन शाक्य लगायत पर्नेछन् ।
यसैगरी भारत, अमेरिका, चीन, दक्षिण अफ्रिका, स्पेन, बेलायतमा कार्यरत नेपाली राजदूतहरु पनि फिर्ता हुन् सूचिमा परेका छन् ।