मलेसियाले ३२ हजार नयाँ विदेशी श्रमिक लिने

मलेसियामा कोभिडको संक्रमणपछि नयाँ विदेशी श्रमिक लिन स्वीकृति नदिएको अवस्थाकै वीच ३२ हजार विदेशी श्रमिक लिने निर्णय भएको छ ।

मलेसियाका मानव संशाधन मन्त्री एम सरभनानका अनुसार प्लान्टेशन क्षेत्रमा श्रमिक अभावलाई कम गर्न तत्कालको लागि करिब ३२ हजार विदेशी श्रमिक लिन विशेष स्वीकृति मलेसिया सरकारले दिने निर्णय गरेको बताएका छन् ।

मलेसियाको अनलाइन द स्टारका अनुसार विदेशी श्रमिकको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीन घाटा भइरहेको भन्दै मलेसियाले प्लान्टेशन क्षेत्रमा विदेशी श्रमिक ल्याउने निर्णय सरकारले गरेको जनाएको छ ।

मलेसियाको मानव संशाधन मन्त्रालयले ३२ हजार बिदेशी श्रमिक भित्र्याउनको लागि तयारी स्वरूप क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २ हजार क्षमताको कोभिड आइसोलेसन केन्द्र समेत स्थापना गर्ने जानकारी दिएका छन् ।

यसैबीच मलेसियाको एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले प्लान्टेसन क्षेत्रमा श्रमिकको अभाव कम गर्न मलेसिया सरकारले ३२ हजार विदेशी श्रमिक ल्याउने विशेष स्वीकृति दिने सरकारको निर्णयको स्वागत गरेको छ ।

सो संस्थाले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले पाम तेल उद्योग लगायत प्लान्टेसन क्षेत्रलाई राहत प्रदान हुने र श्रमिकहरुको अभावको कारण फसल काट्ने सिजनमा राहत मिल्ने जनाएको छ । साझा सवालबाट साभार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: